ब्याटिङ नचल्दा आयरल्यान्डसँग हार्‍यो नेपाल ‘ए’

हिमाल प्रेस २१ चैत २०८० १५:२४
24
SHARES
ब्याटिङ नचल्दा आयरल्यान्डसँग हार्‍यो नेपाल ‘ए’

काठमाडौँ- आयरल्यान्ड‘ए’ विरुद्धको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएकाे छ। जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा १३६ रनमै समेटियो। नेपालका लागि साहब आलमले ३७, देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले अविजित १२ रन बनाए।

आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेसले १० ओभरमा तीन मेडनसहित ३२ रन खर्चिदै पाँच विकेट लिए। यसैगरी लियम म्याकार्थीको नाममा चार विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योफत तयार पार्‍यो।

आयरल्यान्डका लागि काडे कारमाइकलले ७७ बलमा चार चौकाकाको मद्दतले सर्वाधिक ५१ रन बनाए। यसैगरी कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहिनीले समान १२ रन बनाए।

नेपालका ‘ए’ का लागि कमलसिंह ऐरीले ६.३ ओभरमा एक मेडनसहित २१ रन खर्चिएर चार विकेट लिए। कमलले ३९औं ओभरमा ह्याट्रिक पूरा गरेका थिए। कमलले ओभरको पहिलो बलमा लियम म्याकार्थीलाई साहब आलमबाट दुई रनमा क्याच गराए। उनले दोस्रो बलमा म्याथ्यु हम्फ्रेस र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गरे।

यसैगरी साहब आलम र श्याम ढकाल ( मौसम)ले समान दुई तथा रिजन ढकालले एक विकेट लिए।

प्रकाशित: २१ चैत २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =