शिक्षक लाइसेन्स परीक्षामा सोधिने प्रश्नबारे अध्ययन गर्न विज्ञ समिति

हिमाल प्रेस २१ चैत २०८० १५:२४
3.9k
SHARES
शिक्षक लाइसेन्स परीक्षामा सोधिने प्रश्नबारे अध्ययन गर्न विज्ञ समिति प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ– शिक्षक सेवा आयोगले शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरवलोकन गर्ने भएको छ। यसका लागि कार्यदल गठन गरिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बुधबार संघीय प्रतिनिधिसभा बैठकमा जानकारी गराएकी हुन्।

साथै उनले शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको बताइन्। उनले भनिन्, ‘सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञसम्मिलित समिति बनाइएको छ।’

उनले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको पनि बताइन्। उनले भनिन्, ‘उत्तरपुस्तिका हराएको, तोकिएको समयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ।’

शिक्षामन्त्री श्रेष्ठले नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने/नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको बताइन्। उनले भनिन्, ‘अहिले नेपालमा आउने विदेशीलाई पर्यटक र गैर–पर्यटन भनेर छुट्याइने रहेछ । अध्ययनका लागि आउनेहरुका विषयमा पनि के गर्न सकिन्छ भनेर अध्ययन तथा छलफल भइरहेको छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =