इलाम-२ उम्मेदवार तय गर्न आज पनि बैठक बस्दै कांग्रेस

हिमाल प्रेस २१ चैत २०८० ६:३५
4
SHARES
इलाम-२ उम्मेदवार तय गर्न आज पनि बैठक बस्दै कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन आज (बुधबार) बैठक बस्दैछ।

मंगलबार (हिजो) बैठक बसेको थियो। तर नेताहरूबीच उम्मेदवारमा सहमति नहुँदा निष्कर्षमा नपुगी बैठक स्थगित भयो।

सभापति शेरबहादुर देउवा र शेखर-गगन पक्षबीच उम्मेदवार चयनमा मत बाझिँएको थियो।

सभापति देउवाले बैठकमा इलाम-२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए।

सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएका थिए। कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताएका थिए।

प्रकाशित: २१ चैत २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =