इस्तानबुलको नाइट क्लबमा आगलागी, २५ जनाको मृत्यु

हिमाल प्रेस २० चैत २०८० १९:५१
36
SHARES
इस्तानबुलको नाइट क्लबमा आगलागी, २५ जनाको मृत्यु तस्बिरः इस्तानबुल अग्नि विभाग।

इस्तानबुल (रासस/एएफपी)- इस्तानबुलको एक आवासीय भवनमा मंगलबार आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। साथै तीन जना गम्भीर घाइते भएका छन्।

अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका छन्। गम्भीर घाइतेहरूको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। १६ तले भवनको बेसमेन्टमा नाइट क्लबको मर्मत कार्य भइरहेको बताइएको छ।

घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत २०८० १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =