साढे ९ लाख भारतीय रुपैँयासहित दुई जना पक्राउ

हिमाल प्रेस २० चैत २०८० १७:५४
86
SHARES
साढे ९ लाख भारतीय रुपैँयासहित दुई जना पक्राउ

काठमाडौँ- सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.१२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका -३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैँयासहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

प्रकाशित: २० चैत २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =