सुन तस्करीमा मुछिएपछि निवेदन लिएर गृहमन्त्रालय पुगे डीएसपी कुँवर

हिमाल प्रेस २० चैत २०८० १७:४४
1.9k
SHARES
सुन तस्करीमा मुछिएपछि निवेदन लिएर गृहमन्त्रालय पुगे डीएसपी कुँवर

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी रुगम कुँवर आफूमाथि अन्याय भएको दाबी गर्दै गृहमन्त्रालय पुगेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन डीएसपी कुँवर सुन तस्करी जाँचबुझ आयोगले आफ्नो नाम उल्लेख गरेर अन्याय गरेको भन्दै आयोगको प्रतिवेदन पुनर्विचार गर्न माग गृहमन्त्रालय पुगेका हुन्।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनलाई अनुसन्धानमा प्रभाव पारेको भन्दै विभागीय कारबाही सिफारिस गरेको थियो। कुँवरले आफूले सुन तस्करीको अनुसन्धानमा आफू संलग्न नभएको दाबी पनि गरेका छन्। आयोगले गलत सूचना र बिनाप्रमाण विभागीय कारबाही सिफारिस गरेको भन्दै उनले प्रतिवेदन पुनर्विचारको मागसहित गएको आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष निवेदन दिएका हुन्।

डीएसपी कुँवरले आईजीपी वसन्तबहादुर कुँवर र गृहसचिव एकनारायण अर्याललाई समेत निवेदनको बोधार्थ बुझाएको छन्। आयोगले सुन तस्करी प्रकरणका फरार आरोपित जीवन चलाउनेसँग फोन सम्पर्क देखिएपछि उनलाई कारबाही सिफारिस गरेको थियो।

जीवनसँग फोन सम्पर्क स्वीकार गरेका कुँवरले सुन तस्करीबारे आफूलाई कुनै जानकारी नभएको निवेदनमा उल्लेख गरेका छन्। कुँवरसहित अधिकांश प्रहरी अधिकारीसँग जीवनको फोन सम्पर्क देखिएको छ। अरूलाई भने कुनै कारबाहीको सिफारिस गरिएको छैन।

आयोगले सीआईबीका तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्य, एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाललाई समेत कारबाही सिफारिस गरिएको थियो। आयोगको सिफारिसपछि उनीहरूलाई तत्कालीन जिम्मेवारीबाट हटाइएको छ। यही प्रकरणपछि सीआईबीमा पनि श्यामलाल ज्ञवालीलाई पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =