यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

हिमाल प्रेस २० चैत २०८० १६:२१
10
SHARES
यस वर्ष ३.३ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले पर्यटन क्षेत्रको विकास र जलविद्युतको निर्यातमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्र चालू वर्ष ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको हो।

गत जनवरी (पुस) मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो। सरकारले चालु आव ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि विश्व बैंकले भने त्यसको आधा मात्र आर्थिक बृद्धि बढ्ने प्रक्षेपण गरेको छ। गत आव २०७९÷८० मा नेपालको आर्थिक वृद्धि २.२ प्रतिशत थियो।

‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो। यसमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने समेत बताइएको थियो।

‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने।

यस्तै, ‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ।’ दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्काले औल्याएका छन्।

साथै, ओह्न्सोर्जले भनिन् ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरु र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो।’

प्रकाशित: २० चैत २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =