सहकारी प्रकरणमा रास्वपाका नेताहरूको पनि नाम जोडिएपछि रविले के भने?

हिमाल प्रेस २० चैत २०८० १५:१७
34
SHARES
सहकारी प्रकरणमा रास्वपाका नेताहरूको पनि नाम जोडिएपछि रविले के भने?

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा कोही पनि आत्तिहाल्नु नपर्ने बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सञ्चारमाध्यममा पार्टीका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको विषयमा जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको बताएका हुन्।

गृहमन्त्री लामिछानेले समाचारमा आउने सबै सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे। उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए। उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे।

गृहमन्त्री लामिछानेले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने बताए। ‘प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ। प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन। सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ,’उनले भने।

प्रकाशित: २० चैत २०८० १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =