एमाले सिन्धुपाल्चोकमा श्रेष्ठ निर्वाचित

हिमाल प्रेस २० चैत २०८० १३:३३
14
SHARES
एमाले सिन्धुपाल्चोकमा श्रेष्ठ निर्वाचित होमनारायण श्रेष्ठ।

काठमाडौँ- नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। एमाले सिन्धुपाल्चोकको १० औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठले अर्का उम्मेदवार कमल नेपाललाई पराजित गरेका हुन्।

यसैगरी उपाध्यक्षमा अर्जुन भण्डारी, सचिवमा कृष्णगोपाल तामाङ, उपसचिवमा सुशीला पाख्रिन र उपसचिवमा शिवहरि सापकोटा निर्वाचित भएको एमाले सिन्धुपाल्चोकले जनाएको छ।

अध्यक्षमा निर्वाचित श्रेष्ठ २०७४ को स्थानीय तह चुनावमा जुगल गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए। सोही क्रममा उनी गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष भएका थिए। तत्कालीन पाङताङ गाउँपालिकामा एमालेबाट अध्यक्ष निर्वाचित भएर काम गरेका श्रेष्ठ अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।

प्रकाशित: २० चैत २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =