ग्लोबल आईएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस २० चैत २०८० १२:२३
ग्लोबल आईएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ का अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले आफ्ना प्रदेश कार्यालयको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुका बारेमा जानकारी गराइएको बैंकले जनाएको छ।

बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रम आयोजना गरिरहेको छ।

अहिलेसम्म १४ हजारभन्दा बढी किसान, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवाको सहभागिता रहेको थियो। बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: २० चैत २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =