बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

हिमाल प्रेस २० चैत २०८० १२:१६
बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

काठमाडौँ- साइमेक्स इंक चीनको सियानमा आयोजित प्रतिष्ठित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ। साइमेक्स इंक नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक हो।

साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिस्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्त्वपूर्ण पुरस्कार पाएको कम्पनीले जनाएको छ। साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बनेको दाबी कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ। नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० चैत २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =