नेपाली राष्ट्रिय टोलीले बरोडासँग अभ्यास खेल खेल्दै

हिमाल प्रेस २० चैत २०८० ७:१४
4
SHARES
नेपाली राष्ट्रिय टोलीले बरोडासँग अभ्यास खेल खेल्दै

काठमाडौँ- भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले मंगलबार एसएमएस फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल बरोडा क्रिकेट एसोसिएसनसँग खेल्दैछ।

एसीसी प्रिमियर कप र टी-२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग टी-२० फ्रेन्डसिप कप खेलिरहेको हो।

गुजरातसँगको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो। गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

शुक्रबार बरोडासँग पुनस् खेल्दै नेपालले फ्रेन्डसिप कपअन्तर्गतका समूह चरणका खेल सकाउने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल चैत २५ गते हुने छ।

प्रकाशित: २० चैत २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =