मौसम : केही प्रदेशमा वर्षा,अधिकांश ठाउँमा सफा

हिमाल प्रेस २० चैत २०८० ६:४०
4
SHARES
मौसम : केही प्रदेशमा वर्षा,अधिकांश ठाउँमा सफा

काठमाडौँ- हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २० चैत २०८० ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =