बढ्यो डलरको भाउ?

हिमाल प्रेस २० चैत २०८० ६:३६
6
SHARES
बढ्यो डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरबाहेक धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य भने विगत पाँच दिनदेखि घटबढ भएको छैन।

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। गएको शुक्रबारदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १६८ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८७ रुपैयाँ २३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा थियो।

प्रकाशित: २० चैत २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =