आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

हिमाल प्रेस १९ चैत २०८० १८:१५
34
SHARES
आयरल्यान्डविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ- घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्ति खेलमा आयरल्यान्ड ‘ए’ माथि तीन रनको रोमाञ्चक जित निकालेको छ। अन्तिम खेलमा जित निकाले पनि नेपाल ‘ए’ ले शृंखला भने २-१ ले गुमायो। अघिल्ला दुई खेलमा नेपाल २१ र ४० रनले पराजित भएको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ ले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २१० रन बनायो।

आयरल्यान्डका लागि गारेथ डेलानीले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे। यसैगरी मोर्गन टोपिङले ३७ बलमा समान चार चौका र छक्काको मद्दतले ६०, रोसु अदैरले ३१ र फिओन ह्यान्डले २२ रन बनाए।

पाँचौं विकेटका लागि डेलानी र टोपिङले १२९ रनको साझेदारी गरे। नेपालका लागि विपिन खत्रीले तीन तथा कमलसिंह ऐरी, नारायण जोशी र रासिद खानले समान एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्‍यो।

नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रन बनाए। यसैगरी रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरे। आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए।

प्रकाशित: १९ चैत २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =