नेपाल ‘ए’ ले दियो आयरल्यान्ड ‘ए’ लाई २१४ रनको लक्ष्य

हिमाल प्रेस १९ चैत २०८० १४:५५
16
SHARES
नेपाल ‘ए’ ले दियो आयरल्यान्ड ‘ए’ लाई २१४ रनको लक्ष्य

काठमाडौँ- आरिफ शेखको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिमा आयरल्यान्ड‘ए’ सामू २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्‍यो।

नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रन बनाए। यसैगरी रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए।

चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरे। आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए।

प्रकाशित: १९ चैत २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =