लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

हिमाल प्रेस १९ चैत २०८० १२:४१
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

काठमाडौँ- हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ। यो ग्राहकमुखी योजना चैत १९ देखि देशभरि सुरु भएको इन्टरकन्टिनेन्टलले जनाएको छ।

ग्राहकहरूको यात्रा खास बनाउन यसपालि हुन्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको छ। ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। योजनाअन्तर्गत ग्राहकले स्क्य्राचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: १९ चैत २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =