१४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

हिमाल प्रेस ४ वैशाख २०८१ २३:०२ | Tuesday, April 16, 2024
१४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटनका क्रममा मंगलबार पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनलाई ओलम्पिक टर्च प्रदान गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : रासस
काठमाडौँ– १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबार उद्घाटन गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार राजधानीको दशरथ संथशाला आयोजित समारोहमा प्रतियोगिता उद्घाटन गरेका हुन्।
तीनदिने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सातै प्रदेशबाट छ सय ८६ खेलाडीको सहभागिता छ। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ।
 प्रतियोगितामा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्णपदक, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्रछात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: ४ वैशाख २०८१ २३:०२ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast