काठमाडौँ– एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपाले हङकङविरुद्ध पहिलो फिल्डिङ गरिरहेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए।
वर्षाका कारण खेल करिब एक घण्टापछि सुरु भएको हो। खेललाई १८ ओभरमा झारिएको छ। लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ। यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो।
यता हङकङ पनि दोस्रो जितको खोजीमा छ। यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो।
प्रकाशित: ३ वैशाख २०८१ १३:०७ | Monday, April 15, 2024
प्रतिक्रिया





