सुरजकाे ‘रातो किताब’ मा के छ?

हिमाल प्रेस १४ वैशाख २०८१ १७:०४ | Friday, April 26, 2024
सुरजकाे ‘रातो किताब’ मा के छ?

काठमाडौँ- गायक सुरज पण्डितको स्वर, शब्द र संगीतमा ‘रातो किताब’ बोलको गीत सार्वजनिक भएको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलको छ।

सामान्य अर्थमा रातो किताब एउटा सरकारी किताब हो जुन विशेषतः बजेट र अर्थनीतिसँग सम्बधित हुन्छ। फराकिलो अर्थमा यो जनताको किताब हो, जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ तर बिडम्बना नेपालको परिस्थिति यस्तो हुन नसकेको र भुइँमान्छेका सपना पूरा गर्ने जनताको किताब नबनेर सीमित मान्छेका स्वार्थ पूरा गर्ने पकेट बनेकाे भन्दै सम्बन्धित निकायलाई खबरदारी गर्ने उद्देश्यले गीत बनाइएको गायक तथा संगीतकार सुरजको अभिव्यक्ति छ।

गीतको भिडियो गाउँको मुहार फेरिदिने, मोटर बाटो ल्याइदिने आश्वासनमा सोझा जनतालाई झुक्याएर चुनाव जितेका भ्रष्ट बनेका नेताप्रति लक्षित गरिएको छ। कर्णाली भेगमा सिटामोल र जीवनजलको अभावमा जनताहरु मरिरहेको दर्दनाक अवस्था र उनीहरुको गरिबीलाई भिडियोमा कैद गर्न खोजिएको छ।

लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको भिडियोमा लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र वसन्त उदासको अभिनय छ। बिजय भण्डारीले छायांकन गरेको गीत मीन रावलले को सम्पादन गरेका छन्।

यस्तो छ गीत

प्रकाशित: १४ वैशाख २०८१ १७:०४ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast