सिरी ‘ए’को उपाधि इन्टर मिलानलाई

हिमाल प्रेस ११ वैशाख २०८१ ७:२४ | Tuesday, April 23, 2024
सिरी ‘ए’को उपाधि इन्टर मिलानलाई

काठमाडौँ- एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ।

मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।

अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ।

इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि समीकरण बदलिने छैन।

इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीले एक गोल फर्काए।

 

प्रकाशित: ११ वैशाख २०८१ ७:२४ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast