वैदेशिक रोजगारीको प्रलोभनमा हिँडेका नेपाली किर्गीस्तानमा अलपत्र

हिमाल प्रेस १८ वैशाख २०८१ १५:४२ | Tuesday, April 30, 2024
वैदेशिक रोजगारीको प्रलोभनमा हिँडेका नेपाली किर्गीस्तानमा अलपत्र किर्गीस्तान

काठमाडौँ- वैदेशिक रोजगारीको प्रलोभन देखाएर दलालले किर्गीस्तान पुर्‍याएका केही नेपाली अलपत्र परेका छन्। पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार रोजगारीको प्रलोभन देखाएर केहीलाई किर्गीस्तानको बाटो प्रयोग गरी अन्य देश लैजाने गरिएको छ।

किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालले त्यहाँ पुराएका नेपाली अलपत्र गरेको सूचना आएको छ। किर्गीस्तानमा अलपत्र परेका नेपालीहरूमध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइसकिएको छ भने केही नेपालीहरू हाल फर्कने क्रममा रहेको दूतावासले जनाएको छ।

किर्गीस्तान दलालमार्फत नेपाली पुग्ने क्रम नरोकिएको दूतावासले जनाएको छ। केही समययता धेरै नेपाली नागरिकहरूलाई ठगिएको र त्यहाँ पुगेका नेपालीहरू हाल अलपत्र परेको जानकारी आउने गरेको दूतावासले जनाएको छ।

वैदेशिक रोजगारीमा जानको लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापीत र कानुनी बाटो मात्र प्रयोग गरेमा जान्न मात्र दूतावासले आग्रह गरेको छ। नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने काममा संलग्नहरूमा केही नेपाली र केही विदेशीसमेत रहेका कारण सबैलाई यस्ता व्यक्तिबाट सचेत हुन दूतावासले अपिल गरेको छ।

किर्गीस्तानमा कोही नेपाली समस्यामा परेको भए तत्काल सम्पर्कमा आउन दूतावासले सूचनामार्फत जानकारी गराएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १५:४२ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast