विराटनगरमा सभा, सम्मेलन गर्न रोक

हिमाल प्रेस ६ वैशाख २०८१ १३:४७ | Thursday, April 18, 2024
विराटनगरमा सभा, सम्मेलन गर्न रोक

इटहरी- विराटनगरमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ। विराटनगर- १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङलेले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०ः ०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।’

मोरङको रानी क्षेत्र तनावग्रस्त : नौजना प्रहरी घाइते

प्रकाशित: ६ वैशाख २०८१ १३:४७ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast