काठमाडौँ- वर्ष २०८० काे अन्तिम दिन आज नेपाली बजारमा छापावाल सुनकाे भाउ प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ भने प्रतितोला एक हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
                            प्रकाशित: ३० चैत  २०८० १२:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

