रिहा भए एन्फा उपाध्यक्ष दावा लामा

हिमाल प्रेस ६ वैशाख २०८१ १४:३२ | Thursday, April 18, 2024
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा दावा लामा

काठमाडौँ- लागुऔषध कसुरमा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा छुटेका छन्। बुधबार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पेप्सीकोला क्षेत्रबाट पक्राउ गरेको थियो।

बिहीबार उनलाई प्रहरीले उच्च अदालत पाटनमा पेस गरेको थियो। उच्च अदालतमा लामाले आफूलाई पक्राउ नगरी तारेख राख्नू भन्ने सर्वोच्च अदालतको आदेश देखाएका थिए। त्यसपछि उनी छुटेका हुन्।

खैरो हेरोइन कारोबार मुद्दामा उनलाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो। तर, लामा उच्चको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई पक्राउ नगरी तारेखमा राख्न आदेश दिएको थियो। प्रहरीले भने उनी फरार रहेको भन्दै पक्राउ गरेको थियो।

प्रकाशित: ६ वैशाख २०८१ १४:३२ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast