राजनीति छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङ्देन

हिमाल प्रेस २९ चैत २०८० १८:३७ | Thursday, April 11, 2024
राजनीति छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङ्देन राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले राजनीति लेखपढले मात्र नहुने बताए। उनले पछिल्लो दिनमा राजनीति विकृत भएको बताए।

उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए। उनले राजनीति भन्नेबित्तिकै मानिसहरू डराउने अवस्था सिर्जना भएको बताए। अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा नभई सेवाको रुपमा अवलम्बन गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित: २९ चैत २०८० १८:३७ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast