म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

हिमाल प्रेस १८ वैशाख २०८१ ८:५९ | Tuesday, April 30, 2024
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी- गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

यो पालिकाको–६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन्।

ट्रष्टका इन्जिनियर लीला शेरचनका अनुसार सम्पन्न आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ। आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ। गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदानसहित दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका दुई हजार तीन सय ८० खानेपानी आयोजनाबाट ६३ हजार घरपरिवार लाभान्वित भएका जनाइएको छ।

प्रकाशित: १८ वैशाख २०८१ ८:५९ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast