काठमाडौँ– मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङका विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले धादिङको रोराङ गाउँपालिका-५ स्थित सुन्दरदीप महिला विकास बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध महिलालाई र थाक्रे गाउँपालिका-१० स्थित ठूलोपोखरीका स्थानीयलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।
ती कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ।
                            प्रकाशित: २० चैत  २०८० १२:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

