मुक्तिनाथ विकास बैंकद्वारा धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

हिमाल प्रेस २० चैत २०८० १२:०७ | Tuesday, April 2, 2024
मुक्तिनाथ विकास बैंकद्वारा धादिङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङका विभिन्न स्थानमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले धादिङको रोराङ गाउँपालिका-५ स्थित सुन्दरदीप महिला विकास बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध महिलालाई र थाक्रे गाउँपालिका-१० स्थित ठूलोपोखरीका स्थानीयलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।

ती कार्यक्रममा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकले लिएको छ।

प्रकाशित: २० चैत २०८० १२:०७ | Tuesday, April 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast