महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

हिमाल प्रेस १२ वैशाख २०८१ २०:०६ | Wednesday, April 24, 2024
महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर (महोत्तरी)- महोत्तरीको मटिहानी नगरपालिका-६, जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्।

आज (बुधबार) दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए।

‘आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्,’ प्रहरी नायव उपरीक्षक जैसवारले भने।

आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ।

प्रकाशित: १२ वैशाख २०८१ २०:०६ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast