महावीर जयन्ती मनाइँदै

हिमाल प्रेस ९ वैशाख २०८१ ७:३१ | Sunday, April 21, 2024
महावीर जयन्ती मनाइँदै

काठमाडौँ- आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ।

नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन्। यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो। उनै बर्धमान पछि महावीर स्वामी बनेका थिए।

महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन्। उनी अहिंसाका प्रतीक थिए। उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो। जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ। उनीहरूले महावीरलाई भगवानको रुपमा पुज्ने गर्दछन्।

प्रकाशित: ९ वैशाख २०८१ ७:३१ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast