मनिष झाको प्रश्न- एसईईको समयमा मधेशमा जे भइरहेको छ त्यसको जिम्मा सीडीयो र एसपीले किन नलिने?

हिमाल प्रेस १९ चैत २०८० १३:२० | Monday, April 1, 2024
मनिष झाको प्रश्न- एसईईको समयमा मधेशमा जे भइरहेको छ त्यसको जिम्मा सीडीयो र एसपीले किन नलिने? फाइल तस्बिर

काठमाडौँ- रास्वपा सांसद मनिष झाले मधेशले नकारात्मक भाष्यको क्षतिपूर्ति ब्यहोर्न परिरहेको बताएका छन्। त्यसको सुरुवात भने केन्द्रबाट खटाइएका सीडीओ र प्रहरी प्रमुखका कारणले बनिरहेको सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले बताए।

‘चिट चोर्नेको दोष मधेशले किन खेप्दैछ। काठमाडौंमा सुनिन्छ, कसैको ड्राइभिङ लाइन्सेन्स छैन भने मधेश झरौँ न, एसईई पास हुन सकेन भने मधेश झरौँ भन्ने सुनिन्छ। त्यसको इमेजको मूल्य मधेशले तिरिरहेको छ, त्यो हामीले किन तिर्ने ?,’ उनले प्रश्न गरे।

केन्द्रबाट खटिएका सरकारी अधिकारीले छुट दिएकाले मधेशले नकारात्मक दोष बोक्न बाध्य भएको झाको भनाइ थियो। ‘यहाँबाट खटिएका सीडीओ, एसपी, सबै अधिकारीहरूले छुट दिइरहेका छन्। त्यसको मूल्य मधेशले तिरिरहेको छ,’ उनले भने।

प्रकाशित: १९ चैत २०८० १३:२० | Monday, April 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast