भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई

हिमाल प्रेस ३ वैशाख २०८१ १५:४७ | Monday, April 15, 2024
भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई

काठमाडौँ- भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले सोमबार उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्तिको सम्झौतापत्र हस्तान्तरण गरेका थिए।

२०४१ सालमा सुपथ मूल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेस्टुरेन्टमा समेत सफल बनिसकेको छ।

मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा फिड इन्डस्ट्री, ह्याचरी उद्योग, आधुनिक वधशाला र फास्ट फुड चेन सञ्चालन गरिरहेको भ्याली ग्रुप पोल्ट्री व्यवसायसम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ।

स्वस्थकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले ब्रान्ड एम्बेसडरका रूपमा सहकार्य गरिएको भ्याली ग्रुपका अध्यक्ष रावलले बताए।

सञ्चारकर्मी भट्टराईले कम्पनीको साखसँगै स्वस्थकर मासुको उपभोगका लागि उपभोक्तालाई सचेत र जागरुक गराउन प्रयास गर्ने बताए।

प्रकाशित: ३ वैशाख २०८१ १५:४७ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast