‘भाइरल गोर्खे’ बन्दै सौगात

हिमाल प्रेस ४ वैशाख २०८१ १५:०२ | Tuesday, April 16, 2024
‘भाइरल गोर्खे’ बन्दै सौगात

काठमाडौँ- ‘भाइरल गोर्खे’ नाममा फिल्म बन्ने भएको छ। निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक पोस्टरमा दुईवटा भैंसीमाथि अभिनेता सौगात मल्ल उभिएका छन भने पृष्ठभूमिमा ग्रामीण घरहरु देखिन्छ।

फिल्म निगम श्रेष्ठले निर्देशन गर्नेछन्। भाइरल हुन जे पनि गर्ने प्रवृत्तिमा आधारित फिल्म बनाउन लागेको निर्देशक श्रेष्ठले बताए। ‘सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा पछिल्लो समय भाईरल हुने जे पनि गर्ने प्रवृत्ति बढ्दो क्रममा छ,’ निर्देशक श्रेष्ठले भने, ‘यसमै केन्द्रित भएर हामीले फिल्म बनाउन लागेका हौँ। भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ।’

कमेडी जनरामा बन्ने भनिएको फिल्ममा सौगातसहित सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन्। वैशाख ६ गतेबाट फिल्मको छायांकन लम्जुङ र गोरखामा गरिनेछ। फिल्म अमर महर्जनले छायांकन गर्नेछन्।

फिल्म द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण हुनेछ। बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ।

प्रकाशित: ४ वैशाख २०८१ १५:०२ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast