कविता

बैगुनी तिमी

हिमाल प्रेस १५ वैशाख २०८१ ७:१६ | Saturday, April 27, 2024
12
SHARES
बैगुनी तिमी

तिमीले काट्न सक्ने मलाई
नबोल्ने भएरै होला!

बैगुनी तिमी,
चर्को घामलाई छेकेर
छाहारी बनेको भुल्यौ?

मेरो सारा सन्तति मास्‍न
आगो लगायौ?

तिम्रो सारा जगत
मेरो श्वासमा अडिएको छ।

म हरियाली हुँदा ,
सबैभन्दा धेरै खुसी हुने
तिमी न हौ।

मलाई
काटिरा’छौ,
जलाइराुछौ।

तर
ख्याल गर,
तिम्रो मृत्युपछि जलाउने मै हुँ।
वनजङ्गल नदीनाला हाम्रो सम्पत्ति हुन,
सबै मिलेर संरक्षण गरौँ।।

प्रकाशित: १५ वैशाख २०८१ ७:१६ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast