बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

हिमाल प्रेस २३ चैत २०८० १९:०७
बेनीबाट घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

बेनी– म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन्। आज (शुक्रवार) दिउँसो ग १ ख ५६५५ नम्बरको बस बेनीबाट एक किलोमिटर अगाडि पुगेर सडकको भित्तामा जोतिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बसचालक अधिकार सापकोटासहित २१ जना घाइते भएको र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा बालबालिकासहित २४ जना रहेका थिए। प्रहरीका अनुसार गाडी एक्कासी गएर सडकको भित्तामा ठोक्किएको देखिएको भए पनि दुर्घटनाको कारण खुलेको छैन।

प्रकाशित: २३ चैत २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast