बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

हिमाल प्रेस १५ वैशाख २०८१ ९:२३ | Saturday, April 27, 2024
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ- बागलुङ- म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका-३ हटिया बजार- ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्र गर्न थालिएको छ।

हटिया बजार- ताराखोला गाउँपालिका-३ स्थित घुस्मेली बजारसम्म २८ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए।

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उनले जानकारी दिए। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ।

इन्जिनियर पुनले भने, ‘हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ।’

प्रकाशित: १५ वैशाख २०८१ ९:२३ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast