काठमाडौँ- पोखराको फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक डुंगा पल्टिएर दुर्घटनामा परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
काठमाडौँ महानगरपालिका- १७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटा तालमा खसेकी थिइन्। फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको हो। उनको अवस्था हाल सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: २९ चैत २०८० १७:३३ | Thursday, April 11, 2024
प्रतिक्रिया





