प्रिमियर लिग : फरेस्टलाई हराउँदै सिटी दोस्रो स्थानमा, एक अंकले आर्सनलको अग्रता

हिमाल प्रेस १७ वैशाख २०८१ ७:०९ | Monday, April 29, 2024
प्रिमियर लिग : फरेस्टलाई हराउँदै सिटी दोस्रो स्थानमा, एक अंकले आर्सनलको अग्रता

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नटिंघम फरेस्टलाई २–० ले पराजित गरेको छ।

सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक–एक गोल गरे।

३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ग्वार्डियोलले केभिन डी ब्रुएनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो। हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्रुएनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए।

जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

त्यसयसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३-२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ। तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ।

फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ। गएराति नै भएको अर्को खेलमा बर्नेमाउथले ब्राइटनलाई ३–० ले हरायो।

प्रकाशित: १७ वैशाख २०८१ ७:०९ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast