प्रिमियर लिग : चेल्सीको पाेस्टमा आर्सनलको ५ गोल

हिमाल प्रेस १२ वैशाख २०८१ ७:३६ | Wednesday, April 24, 2024
प्रिमियर लिग : चेल्सीको पाेस्टमा आर्सनलको ५ गोल

काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति शीर्ष स्थानको आर्सनलले चेल्सीमाथि ५–० को सहज जित निकालेको छ।

त्रिकोणात्मक उपाधि दौडमा रहेको आर्सनलले घरेलु मैदानमा चेल्सीविरुद्ध सानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको थियो।

आर्सनललाई जित दिलाउन बेन ह्वाइट र काइ हाभार्ट्जले समान दुई गोल गरेका हुन् । लेआन्द्रो ट्रोसार्डले एक गोल थपे।

३४ खेल बढी खेलेको आर्सनलले ७७ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ७४ अंक छ।

३२ खेलमा ७३ अंक जोडेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ। यस सिजन खराब प्रदर्शन गरिरहेको चेल्सी ३२ खेलबाट ४७ अंकसहित तालिकाको नवौं स्थानमा छ।

खेलको चौथोँ मिनेटमै ट्रोसार्डले गोल गरेका हुन्। ह्वाइटले ५२औं मिनेटमा अग्रता २–० को बनाए। हाभार्ट्जले ५७औं मिनेटमा तेस्रो गोल गरेका हुन्। उनले नै ६५औं मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीलाई ४–० ले अगाडि बढाएका हुन्। ७०औं मिनेटमा ह्वाइटले पनि ब्यक्तिगत दोस्रो गोल गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८१ ७:३६ | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast