 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काठमाडौँ- धनुषा प्रहरीले जल्दै गरेको अवस्थामा एक महिलाको शव नियन्त्रणमा लिएको छ। जनकपुरमा प्रहरीले पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको अवस्थामा महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको शव नियन्त्रणमा लिएको हो। शव जलिरहेको देखेपछि बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले उनी आफैँले पेट्राेल छर्केर आत्मदाह गरेकाे हाे वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ।
महिलासँगै नौ महिनाको बालकको पनि जलेर मृत्यु भएको छ। प्रियंका महोत्तरीबाट रामनवमीमा जनकपुरको राममन्दिर दर्शनका लागि जान्छु भनेर हिँडेको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 