नेसपाले भाेलि काठमाडाैँबाट यस्ता अभियान घोषणा गर्ने

हिमाल प्रेस १८ वैशाख २०८१ १५:०० | Tuesday, April 30, 2024
नेसपाले भाेलि काठमाडाैँबाट यस्ता अभियान घोषणा गर्ने

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले बुधबार १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विभिन्न अभियान घोषणा कार्यक्रम आयोजना गर्दैछ। भोलि बिहान १० बजे शान्तिवाटिका, रत्नपार्कमा सभा हुने नेसपा प्रचार विभागले जनाएको छ।

सुशासन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, रोजगारीको सुनिश्चितता, गुणस्तरीय शिक्षा र स्वास्थ्य, किसान-मजदुरको समस्या समाधान, समावेशिता, जात व्यवयस्थाको अन्त्य, लैंगिक विभेदको अन्त्य, स्वच्छ वातावरण लगायतका अभियानका मुद्दाहरू नेसपाले अघि सारेको छ।

नेसपाले उक्त मुद्दासहित सभामा सहभागी हुन आम जनसमुदायलाई आह्वान गरेको छ। सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराई, नेसपा नेता दुर्गा सोब, सामाजिक अभियान विभाग प्रमुख जीएस गुरुङ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ अध्यक्ष विष्णु पौडेल लगायतले सम्बोधन गर्ने प्रचार विभागले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १५:०० | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast