नेपालसँग सिरिज खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

हिमाल प्रेस १२ वैशाख २०८१ १६:५० | Wednesday, April 24, 2024
नेपालसँग सिरिज खेल्न आइपुग्यो वेस्ट इन्डिजको क्रिकेट टोली

काठमाडौँ- वेस्ट इन्डिजको ‘ए’ टोली नेपालसँग टी-२० आई सिरिज खेल्न काठमाडौँ आइपुगेको छ। पाँच खेलको सिरिज खेल्न आएको वेस्ट इन्डिजको टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए।

नेपालसँगको खेलका लागि वेस्ट इन्डिजले बलियो टोली बनाएको छ। वेस्ट इन्डिज टोलीको कप्तानी दुई पटकको टि–२० विश्वकप विजेता रोस्टन चेसले गर्नेछन्।

वेस्ट इन्डिजको टोलीमा सन् २०१६ को विश्वकप विजेता टोलीका जोनसन चार्ल्स र आन्द्र फ्लेचर छन्। आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपाली टोलीले शनिबारदेखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्दैछ।

पाँच खेलको सिरिज शनिबारदेखि सुरु हुनेछ। दोस्रो खेलमा आइतबार तथा तेस्रो खेल बुधबार खेल्ने तालिका छ। सिरिजको चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ।

सिरिजका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछ। सिरिजका सबै खेल १२ः१५ बजे सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ। वेस्ट इन्डिजको कुनै पनि क्रिकेट टोलीको यो पहिलो नेपाल भ्रमण पनि हो।

वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टोलीले ओमानमा एसीसी प्रिमियर कपमा सहभागी भएर स्वदेश फर्केको छ। प्रिमियर कपको सेमिफाइनलमा नै रोकिएको नेपालले एसिया कप खेल्ने अवसर गुमायो। यस्तै तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पनि पराजित हुँदै इमर्जिङ कप खेल्ने मौका गुमाएको थियो।

यस्तो वेस्ट इन्डिज ‘ए’ टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे –उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स

प्रकाशित: १२ वैशाख २०८१ १६:५० | Wednesday, April 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast