ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

हिमाल प्रेस १० वैशाख २०८१ ९:३४ | Monday, April 22, 2024
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङ- आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ।

मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ। भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार नष्ट छ।

ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए।

प्रकाशित: १० वैशाख २०८१ ९:३४ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast