डा.हेमन्त खतिवडाको पुस्तकमा प्रेमका विविध स्वरुप

हिमाल प्रेस २ वैशाख २०८१ १८:२२ | Sunday, April 14, 2024
डा.हेमन्त खतिवडाको पुस्तकमा प्रेमका विविध स्वरुप

काठमाडौँ- गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ।

कृतिमा दुई सय हिन्दी गीत छन्। गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएकाे छ। गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र बिम्वात्मक छन्।

पुस्तकमा गीतकारले विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई समेटेका छन्। गीतकार खतिवडा भन्छन् ‘प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ र प्रेम गीत लाई पनि म दर्शन सँग जोडेर हेर्छु र लेख्न रुचाउँछु।’ यस कृति भारतीय पाठकहरु बिच लोकप्रिय हुने अपेक्षा गरिएको छ। शब्दहरु सरल छन् तर ती शब्दहरुले बोक्ने भाव गम्भीर छन्। उनका गीतहरुमा प्रेमको मनोविज्ञान अनौठो तबरले घुलित भएका छन्।

शब्द शब्दमा गहिरो मनोविज्ञान सम्प्रेषण गर्न गीतकार खप्पिस छन्। विवाहको विषयवस्तुमा पनि उनले केही गीत लेखेका छन। पुस्तकमा प्रस्तुत गरिएका गीतहरुमा प्रेमका विविध स्वरुपहरुलाई विभिन्न आयामहरूबाट ब्याख्या गरिएको छ।

यो गीत संग्रह रोमान्टिक गीतहरुको दस्तावेज नै बन्न पुगेको छ। ग्यात्मक र लयात्मकताले कृतिको ओज बढेको छ, खतिवडाका दर्जनौं गीत लोकप्रिय छन् र उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन्।

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको दुई सय पृष्ठको रहेको पुस्तकको मूल्य भारु. २ सय छ।

प्रकाशित: २ वैशाख २०८१ १८:२२ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast