प्रतीकात्मक तस्बिर।
भक्तपुर- जात्रा हेर्ने क्रममा पोखरीमा डुब्दा मध्यपुर थिमी नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको मृत्यु भएको छ।
सिन्दुर जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा लगेका थिए।
तत्काल अस्पतालले उनको मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।
केएमसी अस्पताल दुवाकोटमा उनको शव परीक्षण गरिएको र घटनाबारे अनुसन्धान थालेको कार्कीले बताए।
प्रकाशित: ३ वैशाख २०८१ ७:१९ | Monday, April 15, 2024
प्रतिक्रिया





