जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, यी हुन् एजेन्डा

हिमाल प्रेस १५ वैशाख २०८१ १८:३९ | Saturday, April 27, 2024
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, यी हुन् एजेन्डा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ।

केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बसेको आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघसंगठबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताए।

निर्देशिकाले जसपाको करिब एक लाख ४६ हजार संगठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ। सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ।

प्रकाशित: १५ वैशाख २०८१ १८:३९ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast