च्याम्पियन्स लिग : आर्सनल स्तब्ध, बायर्न सेमिफाइनलमा

हिमाल प्रेस ६ वैशाख २०८१ ६:५१ | Thursday, April 18, 2024
च्याम्पियन्स लिग : आर्सनल स्तब्ध, बायर्न सेमिफाइनलमा

काठमाडौँ- आर्सनललाई स्तब्ध जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १–० को जित निकालल्दै समग्रमा ३–२ को जितसहित बायर्नले सेमिफाइनल यात्रा तय गरेको हो।

आर्सनलको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो।

बायर्नका लागि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले गरेको गोल नै निर्णायक बन्यो। आर्सनल सन् २००८–०९ यता च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन।

बायर्नले अब सेमिफाइनलमा १४ पटकको लिग च्याम्पियन स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ। योसगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ।

सेमिफाइनलमा बायर्न र रियल तथा पीएसजी र बरुसिया डर्टमुन्ड खेल्नेछन्। मंगलबारराति भएको खेलमा पीएसजीले बार्सिलोनालाई तथा डर्टमुन्डले एथलेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए।

दुबै सेमिफाइनलको पहिलो लेग ३० अप्रिलमा हुनेछ। दोस्रो लेग ७ मे मा हुनेछ। फाइनल खेल १ जुनमा हुनेछ।

प्रकाशित: ६ वैशाख २०८१ ६:५१ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast