घट्यो सुनचाँदीको भाउ

हिमाल प्रेस १३ वैशाख २०८१ १२:५७ | Thursday, April 25, 2024
घट्यो सुनचाँदीको भाउ

काठमाडाैँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला  एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

प्रकाशित: १३ वैशाख २०८१ १२:५७ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast