गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण

हिमाल प्रेस २९ चैत २०८० १५:३५ | Thursday, April 11, 2024
गाउँपालिकाद्वारा आयोडिनयुक्त नुन वितरण नुन।

मान्म– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण सुरु गरेको छ। आयोडिनयुक्त नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नुन खरिद गरी नौवटै वडामार्फत नुन वितरण सुरु गरेको हो।

सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताए। सान्नी त्रिवेणी गाउँपालिका वडा नं २ ले वडाबाट नुन वितरण थालेको वडाध्यक्ष वसन्त बुढाले जानकारी दिए।

पहिलो चरणको नुन वितरण गरेर सकिएपछि दोस्रो चरणमा गाउँपालिकाले नुन खरिद गरेर वडामार्फत नुन वितरणको काम निरन्तरता दिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए।

प्रकाशित: २९ चैत २०८० १५:३५ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast