 प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामापत्र बुझाउँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर स्रोत : मुख्यमन्त्रीको सचिवालय
                             प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामापत्र बुझाउँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। तस्बिर स्रोत : मुख्यमन्त्रीको सचिवालय
                                            पोखरा- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामापत्र बुझाएका हुन्।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले फागुन २२ मा माओवादीका मन्त्रीलाई पदबाट हटाइदिएका थिए। त्यसको भोलिपल्ट माओवादीले समर्थन फिर्ता लिएको थियो। त्यसपछि पाण्डे सरकार अल्पमतमा परेको थियो। चैत २२ गतेभित्र सदनबाट विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले सदन फेस नगरी राजीनामा दिएका हुन्।
पाण्डे संविधानको धारा १६८ को २ अनुसार वैशाख १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेशसभामा २ सदस्य रहेको राप्रपा अनिर्णीत हुँदा गण्डकीमा अब नयाँ गठबन्धनको सरकार बन्न सक्ने सम्भावना कम रहेको आँकलन गर्दै पाण्डेले उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा राजीनामा दिएका हुन्।
६० सदस्यीय प्रदेशसभामा कांग्रसको २७ सिट छ। उसलाई सरकार बनाउन थप तीन सिट चाहिन्छ। त्योमध्ये एक सिट दीपक मनाङेको थपिएको छ।
राप्रपाको २ सिटले पनि कांग्रेसलाई पुग्दैन। माओवादीको चुनाव चिह्नमा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटको आस कांग्रेसलाई छ। २२ सिट भएको एमालेले सभामुखवाहेक सात सिट भएको माओवादीसँगै राप्रपाको साथ पाउने आस गरेको छ। त्यसो भएको खण्डमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री हुनेछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 